|  

चुनावको अन्तिम दिन रुसमा १६ सय बढी ड्रोन आक्रमण 

५ असोज, काठमाडौं । रुसको संसदीय चुनावको अन्तिम दिन आइतबार युक्रेनले मस्को र आसपासका क्षेत्रमा १ हजार ६ सयभन्दा बढी ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन् ।

तीमध्ये करिब ४५० ड्रोन मस्कोतर्फ लक्षित रहेको उनीहरूको दाबी छ।ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीया महिला र एक वृद्ध पुरुष रहेको बताइएको छ ।

राजधानीमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा समेत ड्रोन आक्रमणबाट क्षति पुगेको छ। मस्कोमा एउटा २१ तले अपार्टमेन्ट भवनमा ड्रोन ठोक्किएपछि आगलागी भएको थियो ।

घटनापछि करिब ४ सय जनालाई भवनबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।