|  

६ हजारभन्दा धेरै वडामा कांग्रेस अधिवेशन सकियो

५ असोज, काठमाडौं । नेपाली कांग्रेसले ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न गरेको छ।

आन्तरिक विवाद, सदस्यता समस्या तथा बाढीपहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

रसुवाबाहेक बाँकी वडामा भोलिसम्म अधिवेशन सक्ने तयारी छ।वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छ, जसबाट क्रमशः महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन्।