|  

प्राविधिक समस्याका कारण आज सेयर बजार बन्द

 ५ असोज, काठमाडौं ।  प्राविधिक समस्याका कारण आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित कारोबार स्थगित भएको छ।

नेप्सेका ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा सेन्टरमा असोज ४ गतेदेखि देखिएको समस्या समाधान नभएपछि कारोबार रोकिएको हो।

यथास्थितिमा कारोबार सञ्चालन गर्दा मुख्य कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि बजार बन्द गर्न निवेदन दिएको थियो।