|  

किम कार्दाशियनकी बहिनीले प्रेमीसँग चुम्बन गरेका फोटो भाइरल 

१५, वैशाख काठमाडौं। कोटर्नी कार्दाशियनले आफ्ना प्रेमी ट्रेविक बार्करलाई चुम्बन गरेको तस्बिर भाइरल बनेको छ।कोटर्नी कार्दाशियन किम कार्दाशियनकी बहिनी हुन् । 

तस्बिरमा दुवै जनाले एक अर्कालाई चुम्बन गरिरहेका छन्। बिकिनी ड्रेस लगाएर टाउँकोमा कपडा बाँधेर चुम्बन गरिरहेको तस्बिरमा उनले लेखेकी छिन्,– स्वर्ग जस्तै।

प्रेममा पर्नुअघि दुवै जना छिमेकी थिए। लामो समय छिमेकी रहेपछि दुवै जना अन्ततः प्रेम सम्बन्धमा गाँसिएका हुन्।