०५ भदाै, काठमाडाैं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउप्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा उहाँले आपत्ति जनाउनुभएको हो । सार्वजनिक रूपमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र साहबारे लगातार खरो रूपमा प्रश्तुत हुँदै आएका दाहाल मोरङको बलबारीबाट आईतवार बिहान पक्राउ परेका थिए । सांसद बरालले सरकारले दाहाललाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको हनन गरेको आरोप पनि लगाउनु भयो । उहाँले सातामा दुई दिन बिदा दिने सरकारको निर्णय फिर्ता लिन समेत माग गर्नुभयो । दुई दिन बिदा दिने निर्णयले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा कति प्रभाव परेको छ, यो सरकारले बुझेको छ ? उहाँको प्रश्न छ । उहाँले प्रधानमन्त्री शाहको संयुक्त राष्ट्र संघको महासभामा जाने भ्रमण तालिकाबारे सदनलाई जानकारी गराउन पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सभामुख महोदय, शनिवार र आईतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णयले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा कति प्रभाव परेको छ, यो सरकारले बुझेको छ ? कि आफू लोकप्रिय हुनको लागि सञ्चालन गरिएको कार्यक्रमले नागरिक र कर्मचारीले कति सास्ती पाएका छन् भन्ने बुझेको छ । सरकारले यो कुराको महशुस किन गरिरहेको छैन ? अर्को कुरा, प्रेस स्वतन्त्रता, प्रेस स्वतन्त्रता भन्दै हिँडेकान छन् अर्कोतर्फ राजनीतिक विश्लेषकलाई पक्रिनुको कारण के हो ? यो ग्रेजोनको विषयमा उहाँले नेपाली अनुवाद गरे भन्ने बित्तिकै पक्रिनुपर्ने ? के नेपालमा प्रेस स्वतन्त्रताको अधिकार छैन र ? अनि प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ, उहाँ किन जाने, कहिले जाने, त्यहाँ गएर के कुरा राख्ने भन्ने विषयमा हामीले र जनताले थाहा पाउनु पर्दैन ? त्यो विषयमा सम्मानित सदनलाई जानकारी गराउनुपर्दैन ।’
उहाँले सभालाई सम्बोधन गरेर महासभामा सहभागि हुनेबारे जानकारी गराउन समेत माग गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar