०५ असाेज, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवा बाढी प्रभावितहरु होल्डिङ सेन्टरबाट स्थानान्तरण हुँदै गएको बताउनुभएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले सरकारले अस्थायी बसोबासको लागी घर भाडा उपलब्ध गराउन थालेपछि होल्डिङ सेन्टर छाड्नेहरुको क्रम बढ्दै गएको बताउनुभएको हो । उहाँकाअनुसार अस्थायी बसोबासको लागि सरकारले मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने निर्णय गरेको छ । विपद्पछि स्थापना गरिएका ३७ वटा होल्डिङ सेन्टरको संख्या अहिले २० मा झरेको उहाँले जानकारी दिनुभयो । उहाँले चार जनासम्मको परिवारलाई १५ हजार र थप सदस्यका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । होल्डिङ सेन्टरमा बस्नेको संख्या उल्लेख्य रुपमा घटेको उहाँले बताउनु भयो । पछिल्लो विवरणअनुसार नुवाकोटमा ३२४, रसुवामा ७८६ र धादिङमा १२१ जना गरी प्रभावितहरू विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् ।
उहाँले भन्नुभयो, ‘हामीले विपद् भइसकेपछि विभिन्न होल्डिङ सेन्टरमा ३७ वटा होल्डिङ सेन्टरमा प्रभावितहरुलाई राखेका थियौँ । पछिल्लो समयमा होल्डिङ सेन्टरको संख्या घटेर २० मा झरेको छ । त्यो घट्नुको पछाडि सरकारले पीडित परिवारहरुलाई १५ हजार प्रति परिवार मासिक भाडा घरभाडा दिने निर्णय गरे पश्चात उहाँहरु रेन्टलमा जानुभएको हो । चार जना सदस्य सम्मको लागि १५ हजार र एक जना थप हुँदै गएमा थप २ हजारको दरले दिने निर्णय भएको छ । यो संख्या घट्दो छ र अहिले १ हजार ६६१ जना हिजोसम्मको अवस्थामा होल्डिङ सेन्टरमा बसिराखेको अवस्था छ । त्यो पनि अहिले घटेर ३२४ नुवाकोटमा, ७८६ रसुवामा र धादिङमा१२१ जना मात्रै रहेको अवस्था छ ।’
रसुवा बाढीमा परी हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतकमध्ये ३३६ जना महिला, ५८५ जना पुरुष र ५३० जनाको पहिचान डीएनए परीक्षणबाट गरिएको उहाँले बताउनु भयो । मृतकका परिवारका १ हजार ९९७ आफन्तले विभिन्न अस्पतालमार्फत १ हजार २८६ जनाको डीएनए नमुना दिएका छन् । हालसम्म ५ हजार ७८६ जना बेपत्ता रहेको र तीमध्ये ६३६ जना विदेशी नागरिक रहेको उहाँले जानकारी दिनुभयो । उनीहरुको खोज, उद्धार तथा राहतका लागि २० हजार ९२९ सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँका अनुसार रसुवागढी, लाङटाङ र चिलिमेमा खोज तथा उद्धारको काम सकिएको छ भने माथिल्लो त्रिशूली, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ क्षेत्रमा भने खोज तथा उद्धार कार्य जारी छ । माथिल्लो त्रिशूली क्षेत्रमा जालीमा अड्किएका मानव अंगसमेत फेला परेको उहाँले बताउनुभयो ।खोज तथा उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । चीनबाट २४, भारतबाट ५४, दक्षिण कोरियाबाट ३९, यूएईबाट १३, मलेसियाबाट १० र अस्ट्रेलियाबाट २६ जना विज्ञ तथा उद्धारकर्मीले सहयोग गरेको उहाँले बताउनु भयो । अधिकांश विदेशी टोली फर्किसकेको र भारतीय टोली पनि फर्कने क्रममा रहेको उहाँले बताउनु भयो ।
मृतकको व्यवस्थापनतर्फ १ हजार ४५१ शवमध्ये १ हजार २९२ शव सुरक्षित भण्डारणमा राखिएको छ । १११ शव परिवारलाई हस्तान्तरण गरिएको र बाँकी शवको फरेन्सिक तथा पहिचानसम्बन्धी प्रक्रिया जारी रहेको उहाँले बताउनु भयो । डीएनए परीक्षणका लागि विभिन्न प्रयोगशालामा ३ हजार ६८५ नमुना प्राप्त भएका छन् । नेपाल प्रहरी केन्द्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुसीमा १ हजार ९५७ र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा १ हजार ७२८ नमुना परीक्षणका लागि पुगेको उहाँले बताउनु भयो । डीएनए परीक्षणमा सहयोग गर्न भारत, सिंगापुर, दक्षिण कोरिया, अमेरिका र चीनका विज्ञ टोलीसमेत नेपालमा परिचालित छन् । भारतका विज्ञसँगै सिंगापुरका दुई, दक्षिण कोरियाका तीन, अमेरिकाका तीन र चीनका १५ जना विज्ञले नेपाल प्रहरीसँग मिलेर डीएनए परीक्षणमा सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar