०५ असाेज, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट भएको क्षति पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ४ दशमलब ७७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार नेपाली ४ खर्व ८ अर्व रुपैयाँ बराबरको क्षति भएको छ । उक्त क्षतिको पुननिर्माणको लागि ७ खब २३ अर्व नेपाली रुपैयाँ आवश्यक देखिएको उहाँले भनाई छ । उहाँकाअनुसार बाढी आएको लगत्तै १४ सदस्यीय प्राविधिक टोली गठन गरी ड्रोनसहितका माध्यमबाट क्षतिको विवरण संकलन गरिएको थियो । टोलीले १५ दिनमा द्रुत क्षति तथा आवश्यकता आकलन (¥यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट) प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनमा कृषि, वन, मत्स्य, पशुपंक्षी, सडक, पुल, विद्यालय, खानेपानीलगायत विभिन्न क्षेत्रमा भएको क्षति र पुनःस्थापनाका लागि आवश्यक रकमको क्षेत्रगत विवरण समेटिएको उहाँले बताउनु भयो । प्रतिवेदन विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त हुने सहयोगका लागि आधार बनेको उहाँको भनाई छ । उहाँले बाढी आएको पहिलो दिन नै प्रधानमन्त्री विपद् कोषबाट प्रभावित स्थानीय तहमा १३ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जिल्लामा एक–एक करोड र धादिङमा ५० लाख रुपैयाँ पठाइएको थियो । उहाँले भन्नुभयो, ‘हामीले बाढी आएको लगत्तै १४ सदस्यीय एउटा टेक्निकल टिम बनाएका थियौँ । त्यो टिमले कति क्षति भएको छ भनेर ड्रोन परिचालन गरेर १५ दिनमा द्रूत क्षति तथा आवश्यकता आकलन आरडिएनइ ¥यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट रिपोर्ट हामीले प्रकाशित गरेका छौँ । यो रिपोर्टले हामीलाई अन्तराष्ट्रियसंघसंस्थाबाट विकास साझेदारबाट नेपाललाई प्राप्त हुने सहयोगको लागि पनि एउटा आधारस्तम्भ पनि बनेको छ । हाम्रो अनुमानित पुनर्निर्माणको लागि ४.७७ बिलियन अमेरिकी डलर बराबरको रकम आवश्यक पर्छ भन्ने छ ।’
उहाँले बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनको काम जारी रहेको जानकारी दिनुभयो । गल्छी–देवीघाट–ढुंगे–त्रिशूली खण्डमा यातायात सुचारु भएको र विदुर–बेत्रावती खण्डको १० किलोमिटरमध्ये ९.२ किलोमिटर सडक खुलिसकेको र बाँकी सडक खुलाउने काम जारी रहेको जानकारी दिनुभयो । यस्तै देवीघाट, इन्द्रेणीचौर र स्यार्पुबेंसीमा तीनवटा तुइन निर्माण गरिएको र थप दुईवटा तुइन सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । असोजभित्र २० वटा झोलुंगे पुल मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ । उहाँकाअनुसार पाँचवटा पुलको मर्मत भइरहेको छ भने बाँकी १५ पुलको मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । आवश्यक नयाँ झोलुंगे पुलको डिजाइन तथा निर्माणका लागि पनि टेन्डर प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
चार जिल्लामा अस्थायी आवासको आवश्यकता
प्राधिकरणले नुवाकोट, रसुवा, धादिङ र चितवनमा बाढी प्रभावित २ हजार २७ परिवारको अस्थायी आवास आवश्यक पर्ने जनाएको छ । अस्थायी आवास आवश्यक सम्बन्धी आवश्यकता पहिचान गर्न गरेको सर्वेक्षणअनुसार ८०.६ प्रतिशत परिवार सरकारी सहयोगमार्फत अस्थायी आवासमा बस्न इच्छुक रहेका छन् । ६६.९ प्रतिशत परिवार भाडामा बस्नसमेत तयार रहेको पाइएको उहाँले बताउनु भयो । अस्थायी संरचना निर्माणका लागि आफ्नै जग्गा भएका परिवारको संख्या २५.३ प्रतिशत मात्रै रहेको उहाँको भनाई छ । बाढी प्रभावित क्षेत्रबाहिर वैकल्पिक घर भएका परिवार ८ प्रतिशत मात्रै छन् । सर्वेक्षणमा ३ देखि ६ सदस्य भएका परिवार ७४.६ प्रतिशत रहेको पाइएको छ । सोही आधारमा अस्थायी आवासको डिजाइन गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।उहाँले भन्नुभयो, ‘अस्थायी आवासको सन्दर्भमा हामीले गरेको सर्वेक्षणमा नुवाकोट, रसुवा, धादिङ, चितवन गरी चार जिल्लामा २०२७ बाढी प्रभावित परिवारहरुको व्यवसाय बसोस्थान र आवश्यकता पहिचान गर्ने उद्देश्यले यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षण गरिएकामध्ये ८०.६ प्रतिशत परिवार कुनै न कुनै माध्यमबाट सरकारी सहयोगमा अस्थायी आशयमा बस्न इच्छुक रहेको आएको छ भने दुईतिहाई भन्दा बढी ६६.९ प्रतिशत परिवार अझै भाडामा बस्न पनि तयार रहेको भन्ने आएको छ । २५.३ प्रतिशत परिवारसँग मात्रै अस्थायी संरचना निर्माणको लागि आफ्नै जग्गा उपलब्ध छ । ८ प्रतिशतसँग मात्र बाढी प्रभावित क्षेत्रबाट बाहिर वैकल्पिक घर रहेको भन्ने पनि हाम्रो सर्भेमा देखिएको छ । ३ देखि ६ जना सदस्य भएका परिवार बहुसंख्यक खास गरेर ७४.६ प्रतिशत रहेकोमा सोही अनुसारको संरचनाको डिजाइन ध्यानमा राखी गर्नुपर्ने देखिन्छ । ठूलो परिवारको लागि अब नौ सदस्यीयको लागि छुट्टाछुट्टै व्यवस्था पनि हामीले गरिराखेको अवस्था छ ।’
उहाँले बाढी प्रभावित क्षेत्रमा ३५ वटा अस्थायी सिकाइ केन्द्र तथा कक्षाकोठा स्थापना गरिएको जानकारी दिनुभयो । अस्थायी सिकाइ केन्द्र स्थापनाका लागि पर्याप्त जग्गा नहुँदा समस्या परेको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar