०५ असाेज, काठमाडाैं । राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । यसअघि विधेयकको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार र हितलाई प्राथमिकतामा राखेको बताउनु भयो । नेपाल सरकारले आवश्यक देखेमा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत सेवा दलले तालिम दिन सक्ने र उनीहरूलाई राष्ट्र सेवामा खटाउन सक्ने व्यवस्था गरिएको मन्त्री गौतमले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘बालबालिकाको अधिकार सर्वोपरि राखेर काम कारबाही गराउने विधेयकको स्पिरिट हो । नेपालको संविधान भन्दा बाहिर गएर कुनै पनि कानूनहरू बनाउन पाइँदैन, मिल्दैन । अहिले बनेको हाम्रो राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक पनि बालबालिकाको हितलाई केन्द्रमा राखिएर नै बनाइएको छ । सेवा दलमा तालिम लिने विषयवस्तुका विषयमा बालबालिकाको मानसिक तथा शारिरिक हिसाबले पनि तयार हुनुपर्ने हुन्छ । त्यसको निश्चित मापदण्ड हुन्छ । सोहीअनुसार हुन्छ ।’
विधेयकमा विद्यार्थी अध्ययनरत विद्यालय तथा सेवा दलको शिक्षालयमा तालिम हुने भनिएको छ । तालिम पूरा गरेका विद्यार्थीलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन मन्त्री गौतमले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar