|  

एसियाली खेलकुद : महिला टिम कातामा नेपाल भियतनामसँग ५-० ले पराजित

०६ असाेज,काठमाडाैं । जापानमा जारी २० औं एसियाली खेलकुदअन्तर्गत करातेको महिला टिम काताको क्वार्टरफाइनलमा नेपाल भियतनामसँग ५-० ले पराजित भएको छ।

टोयोहासी जिम्नेसियममा मंगलबार बिहान भएको क्वार्टरफाइनलमा भियतनामले नेपाललाई ५–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। नेपाली टिममा सानुमाया थिङ्ग ,  मेघा लिम्बू, एलिसा रास्कोटी रहेका छन् । सेमिफाइनलमा भियतनाम विजयी भएपछि  नेपालीले कास्य पदकका लागि रिपिचेजमा चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्न पाउनेछ।