०६ असाेज, काठमाडौं । विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा सक्रिय भएको विषय सार्वजनिक हुन थालेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले निगरानी र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा कार्यरत शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए/नभएको निगरानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत केही शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्रालयले यसलाई गम्भीर रूपमा लिएको हो। मन्त्रालयको निर्देशनपछि स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूले समेत शिक्षकको राजनीतिक संलग्नताबारे अनुगमन थालेका छन्।
बैतडीमा १० स्थानीय तहलाई पत्राचार
शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए/नभएको निगरानी गर्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही विद्यालयका शिक्षक विभिन्न राजनीतिक कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको एकाइले जनाएको छ। एकाइले स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकको राजनीतिक गतिविधिबारे गहन निगरानी गर्न तथा प्रचलित शिक्षा ऐन, नियमावली र शिक्षक आचरणसम्बन्धी व्यवस्थाविपरीत गतिविधि गरेको पाइएमा कानूनअनुसार कारबाही गर्न आग्रह गरेको छ। एकाइ प्रमुख दशरथ दत्त भट्टले जारी गरेको पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई समेत दिइएको छ।
सिन्धुलीमा चार जनाको नाम उल्लेख
यसैबीच शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय भएको पाइए कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्र पठाउँदै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ। एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गरिएको छ। पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ।
शिक्षा नियमावली, २०५९ मा शिक्षक तथा कर्मचारीका लागि तोकिएको आचरण र व्यवस्थाविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पुष्टि भएमा प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको छ। कारबाहीको प्रगतिबारे शिक्षा विकास तथा समन्वय एकाइलाई तत्काल जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई दिइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar