|  

मलेसिया रोजगारीमा सिन्डिकेट हटाउन प्रधानमन्त्री शाह-इब्राहिमबीच टेलिफोन वार्ता

०६ असाेज, काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन संवाद गर्दै नेपाली श्रमिकको रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन आग्रह गरेका छन्।

मंगलबार भएको वार्तामा शाहले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट र बिचौलिया प्रथा स्वीकार्य नरहेको भन्दै यसको दीर्घकालीन समाधानका लागि दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल गर्न प्रस्ताव गरेका थिए। मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोध गर्दै आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी समाधान खोज्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपालसँग समन्वय नगरी सीमित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लैजाने प्रक्रिया अघि बढाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ।