०६ असाेज,काठमाडाैं । प्रतिनिधि सभाको मंगलवारको बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्झौतालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा उक्त सम्झौता अनुमोदनका लागि प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले यस सम्झौताले समुन्द्री पर्यावरणको सुरक्षा र स्रोतको न्यायोचित प्रयोगमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रश्ताव पेश भएसँगै सभामुखले निर्णयार्थ सदनमा पेश गर्नुभयो । सदनमा उपस्थित सांसदहरूले यो प्रश्तावको पक्षमा समर्थन जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उक्त सम्झौता सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । नेपालले यसअघि नै संयुक्त राष्ट्र सङ्घीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रको रूपमा काम गर्दै आएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar