०६ असाेज, काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदनको कारबाहीलाई मर्याीदत बनाउन निर्देशन दिनुभएको हो । सांसदहरूलाई प्रतिनिधि सभा नियमावली, २०८३ को पूर्ण पालना गर्न निर्देशन दिनुभयो । सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानहरूको ख्याल राख्नुपर्नेमा जोड दिँदै सभालाई व्यवस्थित र मर्यादित बनाउनु सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको स्पष्ट पार्नुभयो । उहाँले हाल लागू रहेको प्रतिनिधि सभा नियमावली, २०८३ को कार्यान्वयन नै सभाको गरिमा बढाउने मुख्य आधार भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरेक दिनको बैठकलाई मर्यादित र व्यवस्थित बनाउनु हामी सबैको कर्तव्य र दायित्व हो । सबै माननीय सदस्यहरूको पहलबाट प्रतिनिधि सभा नियमावली, २०८३ लागू गरी सोहीअनुसार सभा सञ्चालन भइरहेको छ । यस सन्दर्भमा म सबै माननीय सदस्यहरूको प्रतिनिधि सभा नियमावलीको नियम २० र २१, विशेषगरी नियम २० को खण्ड (ट) तर्फ गम्भीर ध्यानाकर्षण गराउँदछु । बैठकको मर्यादा र गरिमालाई कायम राख्दै नियमावलीको पूर्ण पालना गर्न सबै माननीय सदस्यहरूलाई आग्रह गर्दछु ।’
सभामुख अर्यालले विशेषगरी नियमावलीको नियम २० र २१ तर्फ सांसदहरूको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar