०६ असाेज, काठमाडाैं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्र तथा प्रयासहरु असफल भएको दाबी गर्नुभएको छ ।
मंगलवार ललितपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव बस्नेतले यस्तो दाबी गर्नुभएको हो । उहाँले अध्यक्ष ओलीलाई भौतिक रुपमै समाप्त पार्ने खालका प्रयास भइरहेको उल्लेख गर्दै ती सबै षड्यन्त्रहरु असफल भइसकेको दाबी गर्नुभयो । उहाँले पार्टीभित्रकै केही नेताहरुले राज्य संयन्त्रको दुरुपयोग गरेर अध्यक्ष ओलीविरुद्धको अभियान चलाएको आरोप समेत लगाउनु भयो । उहाँले जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने कार्यक जारी रहेको बताउनु भयो । उहाँले अहिलेसम्म प्रतिवेदनमाथि ४१ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेको उल्लेख गर्दै अधिकांश सदस्यहरुले ओलीको राजनीतिक प्रतिवेदनको खुलेर समर्थन गरिरहेको बताउनुभयो । उहाँका अनुसार बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र विशेष महाधिवेशन बोलाउने आफूहरुको मनशाय नरहेको कुरा राख्नुभएको छ । उहाँले भन्नुभयो, ‘एउटा, अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने, दोस्रो, लामो समयसम्म उहाँहरूलाई जेलमा अथवा कारागारमा राख्ने । तेस्रो, उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट विमुख गराउने, घरबारविहीन बनाउने । र व्यापक रूपमा बदनाम गराउने, यी सबै प्रक्रिया मलाई जहाँसम्म लाग्छ फेल भए । र माघदेखि जेल हाल्ने सम्मको जेनजी आन्दोलनको आडमा जनजी पुस्ता उचालेर अथवा सरकारको आडमा राज्यका संयन्त्रहरू दुरुपयोग गर्ने गर्ने प्रयत्न भएको थियो । त्यसमा पनि कुनै विषयवस्तु नपाईसके पछाडि हामीले वैधानिक हिसाबले प्रतिरोध गरेपछि त्यो असफल भएको छ भने अध्यक्ष हटाउनेदेखि लिएर बद्नाम गराउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई नि कमजोर बनाउने प्रयत्न भएको थियो, त्यो पनि आम पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ । आज अध्यक्षको प्रतिवेदनका दौरानमा बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्रको यथावत कुरा राख्नुभएको छ । उहाँहरुले विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिल्यै पनि गरेका छैनौं भन्ने कुरा गर्नुभयो । आज उपाध्यक्ष र महासचिवले अध्यक्षको भावना, स्पिड र अध्यक्षको राजनीति प्रतिवेदनभन्दा फरक कुरा हाम्रो छैन भन्ने कुरा स्पष्ट पार्नुभयो । खाजा खाने बेलासम्म ४१ जना साथीहरूले कुरा राख्नुभयो । चार–पाँच जना साथीहरूले अलि आलोचनात्मक दृष्टिकोण राख्नुभएको छ, बाँकी ३६ जना साथीहरूले स्ट्रङली अध्यक्षको प्रतिवेदन सर्पोट गर्नुभएको छ ।’
उहाँले पार्टीको आन्तरिक जीवनमा देखिएका सबै प्रकारका समस्या हल गरेर बैठक टुंगिने विश्वास व्यक्त गर्नुभयो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar