|  

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

७ असोज, काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।

युक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा परराष्ट्र मन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

भेटमा खनालले बाढीपछि भारत सरकार र जनताले दिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

दुवै मन्त्रीले नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।