|  

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो एआई जडित मौसमी सूचना प्रणाली

७ असोज, काठमाडौं ।  चीनले नेपाललाई एआईयुक्त मौसमी सूचना प्रणाली ‘माजु–नेपाल’ हस्तान्तरण गरेको छ ।

मंगलबार चीनमा आयोजित कार्यक्रममा चीन मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विभागलाई उक्त प्रणाली हस्तान्तरण गरेको हो । माजु–नेपालले चीनको फेङयुन मौसमी भूउपग्रहबाट रियल टाइम मौसमसम्बन्धी डेटा उपलब्ध गराउनेछ ।

यसमा उच्चस्तरीय चिनियाँ एआई मोडलसमेत जडान गरिएको चीन मौसम विज्ञान प्रशासनले जनाएको छ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि चीनले नेपाललाई मौसमी सूचना तथा पूर्वानुमानमा सहयोग पुर्‍याउने उद्देश्यले यो अत्याधुनिक प्रणाली हस्तान्तरण गरेको हो।