|  

तेन्जिङले जिताए पहिलो पदक 

७ असोज, काठमाडौं ।  २०औँ एसियाडमा नेपालले पहिलो पदक जितेको छ ।

बुधबार टोयाहासी जिम्नेसियममा नेपाललाई तेन्जिङ शेर्पाले कराँते ८४ केजीको तौल समूहमा कांस्य पदक जिताएका हुन् ।

कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरेका हुन्।