०७ असाेज, काठमाडाैं । भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि सरकारले नदीको जलसतह र मौसमको अवस्था निरन्तर निगरानी गर्दै सर्वसाधारणलाई घण्टैपिच्छे पूर्वसूचना दिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी नदीको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ। बाढी खतराको तहमा पुग्ने सम्भावना र त्यसको प्रभावबारे नियमित सूचना सार्वजनिक गरिनेछ भने मोबाइलमा आउने एसएमएस अलर्टलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ। भारी वर्षासँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी तथा तटीय क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेकाले पर्यटकलाई सुरक्षित स्थानमा जान र नयाँ बुकिङ नगर्न ट्राभल एजेन्सीलाई आग्रह गरिएको छ। जोखिम बढे राजमार्गमा आवागमन रोक्न सकिने जनाइएको छ।
मुख्य राजमार्गमा सडक खुलाउन डोजर तयारी अवस्थामा राखिएको छ भने सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासनलाई उच्च सतर्कतामा राखिएको छ। किसानलाई पाकेको धान र भण्डारण गरिएको अन्न जोगाउन तथा बाढीको समयमा खोलामा गएर भिडियो खिच्ने वा बगाएर ल्याएका सामग्री संकलन नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar