|  

नेपाली पत्रकारिताको साख जोगाउन पत्रकार आफैं जिम्मेवार हुनुपर्छ : मन्त्री तिमिल्सिना

०७ असाेज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिताको व्यावसायिकता र निष्पक्षतामाथि प्रश्न उठ्न थालेको भन्दै क्षेत्रको साख जोगाउन पत्रकार स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन्।

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले पत्रकारितामा देखिएका बेथिति सुधारका लागि सञ्चार मन्त्रालयले काम गरिरहेको बताए। पत्रकारिताको नाममा आलोचना र आरोप मात्र गर्ने प्रवृत्तिले क्षेत्रको विश्वास बढाउन नसक्ने उनको भनाइ थियो। मन्त्री तिमिल्सिनाले सरकारी तथा सार्वजनिक सञ्चार संस्थाको कमजोर अवस्था सुधार गर्न विगतका गलत अभ्यासको समीक्षा गर्दै संस्थागत सुधार आवश्यक रहेको बताए। लामो समयदेखि लेखापरीक्षण हुन नसकेका लगायतका समस्या समाधान गरी सार्वजनिक सञ्चार माध्यमलाई प्रभावकारी र विश्वासयोग्य बनाउनुपर्नेमा उनले जोड दिए।