०७ असाेज, काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपंक्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रणका लागि नयाँ कानूनी ढाँचा अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा उहाँले राष्ट्रिय सभाबाट पारित भई आएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै देशको पशुपालन व्यवसाय र अन्तर्राष्ट्रिय निर्यातको सुरक्षाका लागि विद्यमान पशु स्वास्थ्य ऐन, २०५५ पर्याप्त नभएको दाबी गर्नुभएको हो । नेपालमा करिव ३४ लाख परिवार पशुपालनमा आश्रित छन् । किसानले दैनिक ७३ लाख लिटर दुध, १२ लाख ५० हजार केजी मासु र ४८ लाख अण्डा उत्पादन गर्दै ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाएका छन् । यद्यपि, लम्पी स्किन, अफ्रिकन स्वाइन फिभर र बर्ड फ्लुजस्ता महामारीले वर्षेनी ठूलो आर्थिक क्षति पु¥याउँदै आएको छ । मन्त्री चौधरीले वर्तमान कानून सङ्घीय संरचनाअनुकूल नभएकाले तीन तहका सरकारबीच समन्वयको अभावमा रोग नियन्त्रणमा जटिलता देखिएको बताउनु भयो ।
नयाँ विधेयकले रोगको शिघ्र पहिचान, सूचना संप्रेषण, नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली परिचालन र ‘एक स्वास्थ्य’ को अवधारणा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । विधेयकमा व्यवस्था गरिएका मुख्य बुँदाहरूमा रोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहको स्पष्ट भुमिका, सङ्घीय सरकारको नेतृत्वमा चेन अफ कमाण्ड, रोग लुकाउने वा ओसारपसार नियन्त्रणको आदेश उल्लंघन गर्नेलाई दण्डको व्यवस्था तथा किसानका लागि राहत तथा क्षतिपूर्ति कोष समावेश छन् । मन्त्री चौधरीले पशुजन्य उत्पादनको निर्यातलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार छुर्पी र क्वारेन्टिन प्रमाणपत्रको व्यवस्था पनि विधेयकले सुनिश्चित गर्ने बताउनु भयो । गत वर्ष मात्रै करिव ५ अर्ब रुपैयाँ बराबरको छुर्पी ३४ देशमा निर्यात भएको तथ्याङ्क प्रश्तुत गर्दै उहाँले यो विधेयकले थप आर्थिक सुदृढीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar