|  

एसियन गेम्स पुरुष क्रिकेट आजदेखि सुरु, नेपालको खेल शुक्रबार

८ असोज, काठमाडौं ।  २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि सुरु भएका छन् ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा आज दुई खेल हुँदैछन् ।

समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजे अफगानिस्तान र जापानबीच प्रतिस्पर्धा हुँदैछ भने समूह ‘बी’ मा पौने ११ बजे हङकङ र मलेसिया भिड्दैछन्। नेपालको खेल भने भोलि शुक्रबार हुनेछ।