|  

ठूलो वर्षा हुने भन्दै बुटवलका विद्यालयमा २ दिन बिदा

८ असोज, काठमाडौं । सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाका अनुसार असोज ८ गते दिवा सत्रका सबै कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन हुने छैनन्।

सम्भावित बाढी, डुबान तथा प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।