०८ असाेज, काठमाडाैं । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेखमा रहेको मिथेन ग्यासको व्यावसायिक उत्खनन तत्काल शुरु गर्न, वर्षौँदेखि अनिर्णित गुठी समस्या समाधान गर्न र १८ वर्षदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजना सरकार आफैँले निर्माण गर्नुपर्ने माग गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पहाडी क्षेत्रमा तिब्र बनेको बँदेल आतङ्क नियन्त्रणका लागि कानूनी व्यवस्था र सुरक्षाकर्मी परिचालन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै सांसद पोखरेलले देशमा बारम्बार दोहोरिने एलपीजी ग्यासको अभाव अन्त्य गर्न स्वदेशी ग्यास भण्डारको उपयोग गर्नुपर्नेमा जोड दिए । दैलेख जिल्लाका चार स्थानीय तहः भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका ४० वडाभित्र चारवटा ठूला ग्यास भण्डार रहेको तथ्य प्रश्तुत गर्दै उनले जलजले क्षेत्रको मिथेन ग्यास उत्खनन गर्नसके देशलाई ५० वर्षसम्म पुग्ने दाबी गरे ।
सरकारले उक्त सम्भाव्यतामा ध्यान नदिई भण्डारणस्थलमा ‘भोटे ताल्चा’ लगाएर राखेको आरोप लगाउँदै उनले बाँकी स्थानबाट समेत व्यावसायिक उत्पादन गरी निर्यात गर्न सकिने स्पष्ट पारे । सांसद पोखरेलले गुठी प्रथाका कारण देशभरका लाखौँ किसान प्रताडित हुनुपरेको यथार्थ राखे । उनकाअनुसार दैलेखमा मात्रै ९३ हजार रोपनी, पहाडी जिल्लाहरूमा करिव साढे सात लाख रोपनी र तराईमा ६७ हजार बिघा जग्गा गुठीअन्तर्गत रहँदा किसानले आफ्नो स्वामित्वको उपभोग गर्न पाएका छैनन् । लालपुर्जा भएपनि जग्गा बेचबिखन गर्न, धितो राख्न र घरमा बिजुलीको मिटर बक्ससमेत जोड्न नपाउने अवस्था रहेको उल्लेख गर्दै उनले संविधानको धारा २९० बमोजिम अविलम्ब गुठी विधेयक ल्याउन सरकारसँग माग गरे । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना विगत १८ वर्षदेखि एउटा निजी कम्पनीको कब्जामा परेर वन्धक बनेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
तुलनात्मक रूपमा निकै सस्तो लागतमा निर्माण हुनसक्ने सो राष्ट्रिय गौरवको आयोजना प्रवद्र्धक कम्पनीले अगाडि बढाउन नसकेकाले अब नेपाल सरकार आफैँले जिम्मा लिएर निर्माण कार्य थाल्नुपर्ने बताए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar