०८ असाेज, काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गर्न राज्य प्रतिवद्ध रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा ‘निःशुल्क कानूनी सहायता सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताउनुभएको हो । मन्त्री गौतमले यस विधेयकले परम्परागत कानूनी सहायता प्रणालीलाई परिष्कृत गर्दै तीनै तहका सरकारको समन्वयात्मक भुमिकामा न्यायमा पहुँचलाई घरदैलोसम्म पु¥याउने लक्ष्य राखेको जानकारी दिनुभयो । संसदमा विधेयक प्रश्तुत गर्दै मन्त्री गौतमले संविधानको धारा २० मा प्रदत्त न्याय सम्बन्धी हकलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्न हालको ऐन अपर्याप्त रहेकाले यो विधेयक ल्याउनु परेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘न्यायमा पहुँच नभएका हरेक नागरिकलाई सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । यसलाई सफल बनाउन सरकारी प्रयासका साथै निजी क्षेत्र र कानून व्यवसायीको पनि उत्तिकै सहकार्य आवश्यक छ ।’
मन्त्री गौतमले जिल्ला कानूनी सहायता समितिमार्फत असमर्थ पक्षले कसरी सेवा लिन सक्छन् भन्नेबारे प्रष्ट पार्नुभयो । उहाँले असमर्थ नागरिकका लागि अदालतको शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको र आवश्यकता अनुसार मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने जानकारी दिनुभयो । जटिल प्रकृतिका मुद्दाहरूमा पनि यो विधेयकले विशेष सम्बोधन गरेको छ । मन्त्री गौतमकाअनुसार मुद्दाको प्रकृति हेरेर जिल्ला कानूनी सहायता समितिले विज्ञ कानून व्यवसायी हायर गर्न सक्नेछ र त्यसबापतको शुल्क सरकारले व्यहोर्नेछ । यसका साथै, अपाङ्गता भएका व्यक्तिहरूका लागि सांकेतिक भाषाको प्रयोगलाई पनि अनिवार्य गरिएको छ । विधेयकले राष्ट्रिय कानूनी सहायता परिषदको परिकल्पना गरेको छ, जसले नीतिगत मार्गदर्शन र कार्यसम्पादनको अनुगमन गर्नेछ । मन्त्री गौतमले जिल्ला समितिहरूले स्थानीय तहका न्यायिक समितिसँग समन्वय गरी घुम्ती शिविरमार्फत कानूनी सहायता सेवा जनताको घरदैलोमा पु¥याउने योजना रहेको बताउनु भयो । यो विधेयकले प्रदेश तथा स्थानीय तहको प्रतिनिधित्वलाई पनि संस्थागत गरेको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar