|  

टी–२०आई वरियतामा नेपाल दुई स्थान फड्को मार्दै १४औं स्थानमा

९ असाेज, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा पुगेको छ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपालले दुई स्थानको सुधार गरेको हो।

जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।

अफगानिस्तानविरुद्धको यही जितपछि भएको वरियता अद्यावधिकमा नेपालको स्थान सुधार भएको हो।