|  

अमेरिकाले शर्तहरू पूरा गरे एक साताभित्रै होर्मुज स्ट्रेट खोल्छौंः अब्बास अराघची

१० असोज, काठमाडौं । इरानले अमेरिकासामु एक साताभित्रै होर्मुज स्ट्रेट पुनः खोल्न सकिने खालको सम्झौताको प्रस्ताव राखेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस विषयको जानकारी गराएका हुन् । विदेशमन्त्री अराघचीका अनुसार अमेरिकाले प्रस्तावमा तोकिएका शर्तहरू पूरा गरेमा मात्र होर्मुज स्ट्रेट खोल्ने प्रक्रिया अघि बढ्नेछ ।

उनले ती शर्तहरूको पूर्ण विवरण नखुलाए पनि गत जुनमा दुई देशबीच भएको समझदारी पत्र (एमओयू)मा तिनको उल्लेख भइसकेको बताएका छन्। कतारमार्फत अमेरिकासम्म पुर्‍याइएको यस प्रस्तावबारे अब अन्तिम निर्णय लिने जिम्मेवारी अमेरिकाको हातमा रहेको इरानको भनाइ छ।