|  

कोशी ब्यारेजमा बढ्यो पानीको बहाव, ४३ ढोका खोलिए

१० असोज, काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खुला गरिएको छ ।

शनिबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।