|  

नेपाल र काजकिस्तानबिच कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

१० असोज, काठमाडौं । नेपाल र काजकिस्तानबीच कूटनीतिक तथा सरकारी सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र काजकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आ–आफ्ना सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारीरसेवा राहदानीवाहकलाई एकअर्काको देश भ्रमण गर्दा भिसा आवश्यक पर्ने छैन। यसले दुई देशबीच आवागमन सहज बनाउँदै द्विपक्षीय सम्बन्ध र सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।