१० असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन् । उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी निर्णयको कुनै कानुनी आधार छैन ।
उनले अगाडि भने, ‘भारतका दाबी र कदमहरूलाई युएनका विशेषज्ञहरू र कोर्ट अफ आर्बिट्रेसनले पनि खारिज गरेका छन् । पानीको प्रयोग कहिल्यै पनि हतियारको रूपमा गरिनु हुँदैन। नदीहरूले देशहरूलाई समृद्ध बनाउनुपर्छ, न कि तिनलाई बाड्नुपर्छ।’
शरीफले पाकिस्तानको भागको पानी रोक्ने, त्यसमा बाधा पुर्याउने वा त्यसको दिशा मोड्ने कुनै पनि कोसिसलाई युद्धको कदम मानिने स्पष्ट पारे। भारतले यसलाई लिएर कुनै गल्ती नगर्न उनले चेतावनी दिएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar