|  

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बन्यो

१० असोज, काठमाडौं । अविरल वर्षासँगै सेती नदीको बहाव बढेपछि पोखराको मध्यभाग रामघाटमा साँघुरो निकासका कारण नदी थुनिएर ताल बनेको छ ।

ताल बनेपछि कास्की प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। रामघाटमा वर्षायाममा हरेक वर्ष यसरी नदी थुनिएर ताल बन्ने गरेको छ।