|  

होर्मुज खोल्ने इरानको प्रस्ताव, ट्रम्प भने युद्धविरामको पक्षमा नरहेको रिपोर्ट

१० असाेज, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम प्रस्ताव अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ।

द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानमाथि पुनः हवाई आक्रमण गर्ने चाहना राखेका छन्। इरानले अमेरिका समक्ष तनाव कम गर्ने र होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव पठाएको समयमा यस्तो रिपोर्ट सार्वजनिक भएको हो।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा तय गरिएका आवश्यक सर्तहरू पूरा गरेपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने प्रक्रिया अघि बढ्ने बताएका छन्। यसै साता ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिएका थिए। तर त्यसपछि उनले अमेरिकी प्रतिनिधिहरूको इरानसँग ‘राम्रो कुराकानी’ भएको दाबी गरेका थिए। युद्धविरामको प्रस्ताव अस्वीकार भएको रिपोर्ट र ट्रम्पको आक्रमण पुनः सुरु गर्ने चाहनाले अमेरिका-इरान तनाव तत्काल मत्थर हुने संकेत नदेखिएको छ।