|  

बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

११ असोज, काठमाडौं । निरन्तर वर्षा, हावाहुरी, बाढी र पहिरोका कारण नेपाल टेलिकमको देशका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।

भारी वर्षा र पहिरोले अप्टिकल फाइबरमा क्षति पुग्नुका साथै विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवा सञ्चालनमा समस्या आएको टेलिकमले जनाएको छ।

प्राविधिक टोलीले सम्भव भएका स्थानमा मर्मत गरिरहेको र मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा थप टोली परिचालन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ।