११ असाेज, काठमाडौं । रसुवामा आएको बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा राहतका लागि नेपालले हानि तथा नोक्सानी सम्बोधन कोषबाट २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ६५ करोड रुपैयाँ) पाउन सक्ने परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री खनालले एक अन्तर्वार्तामा नेपालले कोषसँग तत्काल २० मिलियन डलर माग गरेको र आगामी बोर्ड बैठकबाट रकम उपलब्ध हुने अपेक्षा रहेको बताएका हुन्। उनका अनुसार कोषको नेतृत्वसँग भएको छलफल, अर्थ र वातावरण मन्त्रालयमा पठाइएका पत्र तथा निरन्तरको पहलले नेपाललाई सहयोग प्राप्त हुने सम्भावना बढेको छ। कोषको दसौँ बोर्ड बैठक सन् २०२६ डिसेम्बरमा फिलिपिन्सको मनिलामा बस्दैछ। उक्त बैठकबाट नेपालले सहयोग पाउने निर्णय हुन सक्ने मन्त्री खनालको विश्वास छ।
मन्त्री खनालले रसुवा बाढीबाट भएको ठूलो जनधनको क्षतिको तुलनामा २० मिलियन डलर पर्याप्त रकम नभएको बताएका छन्। तर, जलवायु परिवर्तनका कारण भएको क्षतिको सम्बोधनका लागि अन्तर्राष्ट्रिय कोषबाट नेपालले सहयोग पाउनु आफैँमा प्रतीकात्मक उपलब्धि हुने उनको भनाइ छ। गत भदौ १० गते रसुवामा आएको बाढी जलवायु परिवर्तनसँग सम्बन्धित रहेको उल्लेख गर्दै नेपालले तत्काल आर्थिक सहायता मागेको थियो। त्यसका लागि भदौ १५ गते हानि तथा नोक्सानी सम्बोधन कोषमा औपचारिक पत्र पठाइएको थियो। कोषको बोर्डले भदौ २४ गते नेपालले गरेको आपत्कालीन सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न छलफल तथा समन्वय भइरहेको जनाएको थियो।
नेपालले माग गरेको रकम उपलब्ध गराउने निर्णय भने हुन बाँकी छ। आगामी बोर्ड बैठकबाट सहयोगको विषय टुंगो लाग्ने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar