|  

गैँडाकोटमा नारायणी नदी पस्यो, बोटे टोलका ११० घर डुबानमा

११ असोज, काठमाडौं ।  नारायणी नदीमा आएको बाढी गैँडाकोट नगरपालिका–२ स्थित बोटे टोलमा पस्दा ११० घर डुबानमा परेका छन्।

बाढी प्रभावित घरका करिब ४०० जनालाई आइतबार बिहान सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

प्रहरी र स्थानीयको सहयोगमा अधिकांशलाई नजिकैको महेन्द्र आधारभूत विद्यालयमा तथा केहीलाई आफन्तको घरमा व्यवस्थापन गरिएको छ।