११ असाेज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरीको अवरोधपछि भेटै नगरी फर्किएको छ।
आयोगको टोली कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दासमेत प्रहरीले जबरालाई भेट्न अनुमति नदिएपछि फर्किएको हो। जबरालाई गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको छ। प्रहरीले सुरक्षा जोखिमका कारण जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जनाएको छ। तर, उनलाई पक्राउ गर्ने र राख्ने प्रहरीको शैलीमाथि कानुनका जानकारहरूले प्रश्न उठाएका छन्। मानव अधिकार आयोगको टोलीलाई भेट्न नदिइएपछि जबराको अवस्थाबारे अनुगमन गर्न गएको टोली फर्किनुपरेको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar