|  

पक्राउपछि चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षित स्थान’मा पठाइयो

११ असाेज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले ‘सुरक्षित स्थान’मा पठाएको जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई उनकै इच्छाअनुसारको स्थानमा पठाइएको हो। तर, सुरक्षाको कारण देखाउँदै प्रहरीले उक्त स्थानबारे खुलाएको छैन। एसएसपी खड्काले अनलाइनखबरसँग कुरा गर्दै जबरालाई सुरक्षित स्थानमा पठाइएको पुष्टि गरेका हुन्। उनले भने, ‘उहाँलाई सुरक्षित स्थानमा, उहाँले भनेकै स्थानमा यहाँबाट पठाइएको छ।’ यसअघि गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि सुरक्षा जोखिम रहेको भन्दै रातारात कार्यालयमा ल्याएर राखेको जनाएको थियो।