११ असाेज, काठमाडौं । श्रम संस्कृति पार्टीले नेपालका खुला सीमामा कडाइ गर्दै भिसा प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
पार्टी अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र सांसद आरेन राईले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन्। मानव बेचबिखन नियन्त्रणका लागि सरकारले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सीमा, विमानस्थल र जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने व्यवस्थामा संशोधन गर्दै उनीहरूले खुला सीमामा कडाइ र भिसा प्रणाली लागू गर्ने प्रावधान थप्न माग गरेका छन्। प्रस्तावित विधेयकको दफा १८ मा मूल ऐनको दफा २७ पछि २७क थप गर्ने व्यवस्था छ। त्यसमा मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय सीमा, विमानस्थल तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने उल्लेख छ। निगरानीका क्रममा शंकास्पद गतिविधि भेटिए सम्बन्धित अधिकारी वा नजिकको प्रहरी कार्यालयलाई तत्काल जानकारी दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
यसै व्यवस्थामा संशोधन गर्दै खुला सीमामा कडाइ र भिसा प्रणाली लागू गर्ने शब्दावली ऐनमै राख्नुपर्ने हर्क साम्पाङ र आरेन राईको प्रस्ताव छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले गत साउन १४ गते प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी थिइन्। पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने, उद्धार तथा पुनर्स्थापनालाई कानुनी रूपमा स्पष्ट पार्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ। विधेयकमाथि सैद्धान्तिक छलफलपछि सांसदहरूले २८ समूहमा १११ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar