|  

जोखिमयुक्त पदमार्गमा गाइड अनिवार्य, बाटो र मौसम हेरेर मात्रै अनुमति

११ असाेज, काठमाडाैं । बाढीपहिरोका कारण पदयात्रा जोखिमपूर्ण बनेपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) ले छोटो दूरीका बाहेक अन्य रुटमा जाने पर्यटकलाई इजाजतप्राप्त गाइड अनिवार्य रूपमा साथमा लैजान अनुरोध गरेको छ।

एक्यापले संरक्षण क्षेत्रभित्रको यात्रा गर्दा गाइडको साथमा मात्रै घुमघाम गर्न आग्रह गरेको हो। तर जोमसोम, मुक्तिनाथ र घान्द्रुक जाने पर्यटकका लागि भने गाइड अनिवार्य गरिएको छैन। एक्यापका अनुसार अन्नपूर्ण, मनास्लु र गौरीशंकर क्षेत्रका प्रवेश अनुमतिपत्र आज दिउँसो १२ बजेदेखि जारी गर्न थालिएको छ। यद्यपि, पर्यटकलाई प्रवेश अनुमति दिनुअघि सम्बन्धित पदमार्गको अवस्था र मौसमको मूल्यांकन गरिने परियोजनाले जनाएको छ।