११ असाेज, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन नरहने भएकोले शर्तकताए अपनाउनुपर्ने बताए । उनकाअनुसार हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उनको भनाई छ । उनकाअनुसार हाल बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् ।
सडक खुलाउन सडक विभागले २५० भन्दा बढी उपकरणलाई विभिन्न स्थानमा प्रि-पोजिसनिङ गरी तयारी अवस्थामा राखेको उनले बताए । वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तिब्रता दिने उनको भनाई छ । कतिपय स्थानमा भने सडक सञ्चालनमा आइसकेको उनले जानकारी दिए । उनले भने,‘विशेषगरी अहिलेको जोखिम भनेको नदी कटान हो, यसले बस्तीहरू अलि जोखिम देखिएको छ । कटान सँगसँगै पहिरोको जोखिम पनि बढेको छ, अहिले नै जोखिम रोकिसकेको छैन । बाढीकै समय अझै बढ्ने देखिन्छ, फेरी बिस्तारै अब घामै लाग्यो भने पनि भोलि–पर्सीतिर पनि पहिरो जाने सम्भावना रहन्छ, किनभने माटोहरु धेरै भिजिसकेको छ, त्यो जोखिम छँदै छ । धेरै ठाउँमा अब राजमार्गहरू, भित्री सडकहरू पनि पहिरोले अवरुद्ध भएका छन् । तर त्यो हुँदै गर्दा पनि हाम्रो, हामीले समन्वय गरिराखेका छौं, सडक विभागले करिब २ सय ५० वटा भन्दा बढी इक्विपमेन्टहरू प्रि–पोजिसनिङमा स्ट्यान्डबाई राखेको छ । त्यही अनुसार अपरेटरहरूलाई मुभ गरेर सडक खोल्ने काम पनि सँगसँगै भईराखेको छ । पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने त्यो कामले पनि अलि तिब्रता लिन्छ । तथापि उहाँहरुको प्रयत्न छ र कति ठाउँमा चाहिं केही सुचारु पनि भइसकेको अवस्था छ ।’
महतकाअनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आईतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा कायमै रहेको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar