|  

बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

१२ असोज, काठमाडौं ।  बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका वडा सदस्य विनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्।

उनीहरूलाई करिब एक महिनाअघि भएको चोरीको घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।