|  

प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहाका मेयरले लगाए नगरपालिका र वडामा ताला

१२ असोज, काठमाडौं ।  महोत्तरीको भंगहा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि नगरप्रमुख संजिवकुमार साहले सोमबार नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

नगर प्रमुख साहले यसअघि प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र हाजिर नभए अतिआवश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका थिए । सो अल्टिमेटम सकिएपछि मेयर साह आफैंले नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब, विकास योजना र दैनिक सेवा प्रवाह प्रभावित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तत्काल अधिकृत हाजिर गराउन मन्त्रालयसँग माग गरेको छ।