|  

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

१२ असोज, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा पाँच हजार रुपैयाँले घटेको हो।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा  १४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।