१२ असाेज,काठमाडाैं । सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको नारा व्यवहारमा नदेखिएको, दैलेखको ग्यास उत्खननमा ढिलाइ भएको र बाढी-पहिरोपीडितको उद्धार तथा राहत कार्य प्रभावहीन बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विष्णुदेवी पुडासैनीले सडकका खाल्डाखुल्डी पुर्न नसक्नु र असुरक्षाका कारण नागरिकले ज्यान गुमाउनु सुशासनको उपहास भएको बताए । उनले सडकको दुरवस्थाका कारण यात्रा कष्टकर बनेको र बालिका हत्याका अभियुक्तहरूलाई न्युन धरौटीमा छाडिनु न्यायको मर्म विपरीत रहेको भन्दै सरकारको आलोचना गरे ।
सांसद विष्णुबहादुर विश्वकर्माले दैलेखमा मिथेन ग्यासको भण्डार पुष्टि भइसके पनि सरकारले उत्खनन कार्य अघि नबढाएकोमा आपत्ति जनाए । उनले राज्यको स्रोत उपयोग गर्न नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै ग्यासको हाहाकार टार्न तत्काल परियोजना सञ्चालन गर्न माग गरे । सांसद सावित्री मल्लले असोज महिनाको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गरे । अन्य सांसदहरुले पनि २१ जनाभन्दा बढीको मृत्यु र सयौँको विस्थापन हुँदा पनि सरकारले राहत र उद्धारमा विशेष प्याकेज नल्याएको आरोप लगाए ।
साथै, मृत्यु दर्तामा भइरहेको कानूनी झमेलालाई तत्काल फुकाउन सरकारसँग विशेष कानुनको माग गरे । सांसद बिष्णुबहादुर विश्वकर्माले पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्दा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि सरकारलाई सचेत गराए । बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा भत्किएका सडक र पुलको तत्काल मर्मत गर्नुपर्नेमा जोड दिए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar