१२ असाेज, काठमाडाैं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पु¥याएको छ ।
नेपाल विद्युत प्राधिकरणकाअनुसार विभिन्न करिडोरका २७ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुग्दा करिव १ हजार मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सोमवार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बाढीले जलविद्युतको उत्पादन र वितरण दुवै संरचनामा क्षति पु¥याएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठकाअनुसार कालीगण्डकी करिडोरका १३ र अन्य नदी बेसिनका १४ वटा गरी कूल २७ वटा आयोजनाको करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ ।
क्षतिग्रस्त संरचनाहरूमध्ये निलगिरी १, २, मिस्त्री, थापा खोला, रेले खोला र घलेम्दी लगायतका ७ आयोजनाको १९०.४ मेगावाट उत्पादन पुनः सञ्चालन गर्न केही महिना लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राहुघाट जलविद्युत आयोजनाको स्विच्यार्डमा समेत कालीगण्डकी नदीको कटानबाट क्षति पुगेको छ। केही आयोजनाहरूको विद्युत आपूर्ति भने मर्मत तथा वैकल्पिक व्यवस्था मार्फत छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । हाल म्याग्दी र बाग्लुङमा पर्वतबाट वैकल्पिक लाइन जोडेर सेवा सुचारु गरिएको छ भने मुस्ताङ र मनाङमा विद्युत सेवा पु¥याउन प्राविधिक टोली परिचालन गरिएको छ । मन्त्री श्रेष्ठले विद्युत चुहावट रोक्न र अनावश्यक विद्युत खपत कम गर्न आग्रह गर्दै विद्यमान वितरण प्रणालीको स्तरवृद्धि सरकारको प्राथमिकतामा रहेको बताए । विद्युत वितरण प्रणालीमा देखिएका समस्याबारे मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हाम्रो वितरण प्रणाली पुरानो छ र माग १० गुणा बढेको छ । अब हामी राष्ट्रिय प्रसारण लाइनको सुदृढीकरणमा केन्द्रित छौं ताकि पूर्व र पश्चिमबीच ऊर्जा आदानप्रदान सहज होस् ।’
उनले विद्युतीय सवारी साधनको भन्सार दर र अन्य नीतिगत विषयमा मन्त्रालयले आर्थिक ऐनका आधारमा पुनरावलोकन गर्ने संकेत समेत गरे । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar