१२ असाेज,काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने उक्त मात्रामा विद्युत आयात गर्ने योजना रहेको बताएका हुन् । उनकाअनुसार हाल सुक्खायाममा आन्तरिक उत्पादनबाट कुल १ हजार २ सय १८ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ । उनले ढल्केबर-मुजफ्फरपुर प्रशारण लाइनबाट ६ सय मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३ सय ५० मेगावाट र आरटिसीमार्फत १ सय ५० मेगावाट विद्युत आयात गर्ने प्राधिकरणको योजना रहेको बताए । उनकाअनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल २ हजार ३ सय ७२ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ ।
अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु २ हजार २ सय ९२ मेगावाट पुगेको थियो । कार्यकारी निर्देशक श्रेष्ठले गत भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली-३ बीको २ सय २० केभी हब तथा विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा ४ सय ३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको बताए । बाढीबाट प्राधिकरण र सहायक कम्पनीका संरचनामा करिव ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनले भने,‘सुक्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता १ हजार २ सय १८ मेगावाट रहेको छ । माग र आपूर्ति सन्तुलनका लागि ढल्केबर-मुजफ्फरपुरबाट ६ सय मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट र विहारका विभिन्न विन्दुबाट ३ सय ५० मेगावाट, आरटिसीको माध्यमबाट १ सय ५० मेगावाट गरी कुल १ हजार १ सय ५४ मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ । जसअनुसार कुल विद्युत उपलब्धता २ हजार ३ सय ७२ मेगावाट हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको सुक्खायामको उच्चतम राष्ट्रिय विद्युत् २ हजार २ सय ९२ मेगावाट रहेको थियो । त्यस्तैगरी भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा बाढीले माथिल्लो त्रिशुली ३ बी २ सय २० केभी हबमा पुगेको क्षतिका कारण र विभिन्न जलविद्युत केन्द्रमा पुगेको क्षतिका कारण विद्युत उत्पादन हुन नसकेका कारण ४ सय ३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर गएको थियो । यो क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीहरूको अनुमानित ७४ अर्ब क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । खोज र उद्धारको कार्य सम्पन्न भइसकेपछि त्यस क्षेत्रका टनेल र पावर हाउसमा जम्मा भएका डेब्रिज र फोहोरहरू गर्छौँ । यो सम्पूर्ण सफा गरिसकेपछाडि मात्रै वास्तविक नोक्सानिको विवरण संकलन हुने छ । त्यसपछि पुनर्निमाणको लागि स्रोत व्यवस्थापनको कार्य अघि बढ्नेछ । ड्राइ सिजनको इनर्जी हाम्रो उत्पादन १ हजार २ सय १८ मेगावाट जतिहुनेछ । लगभग ११५४ मेगावाट हामीले चाहिँ विद्युत आयात गरेर आपूर्ति सहज बनाउँछौँ ।’
खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र पावरहाउसमा जम्मा भएको डेब्रिज तथा फोहोर हटाउने काम अघि बढाइने उनले जानकारी दिएका छन् । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar