|  

वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

१३ असोज, काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।

बिहान पौने ६ बजेका लागि तय भएको खेल लगातार वर्षा भएपछि सञ्चालन हुन नसकेको हो। खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ।

यससँगै नेपालको एसियन गेम्स पुरुष क्रिकेटतर्फको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।