|  

युद्ध अन्त्य गर्न मध्यस्थकर्तासँग अमेरिका र इरानको छुट्टाछुट्टै छलफल

१३ असोज, काठमाडौं । सात महिनादेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानका अधिकारीहरूले सोमबार मध्यस्थकर्तासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

दुवै देशका अधिकारीहरूका अनुसार युद्धविराम र शान्ति वार्तालाई पुनः अघि बढाउने प्रयासअन्तर्गत पछिल्लो संवाद भएको हो ।

आगामी छलफल गत साता संयुक्त राष्ट्रसंघको महासभाको क्रममा इरानले प्रस्तुत गरेको सातदिने प्रस्तावको संशोधित स्वरूपमा केन्द्रित हुन सक्ने बताइएको छ ।

फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानसँग युद्ध सुरु गरेका थिए ।