|  

चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

१६,बैशाख काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखी सवारी चालक अनुमतीपत्रको अनलााइन आवेदन सेवा बन्द गरेको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको विभागले सूचना जारी गर्दै जनाएको छ । 

सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो । विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो ।

गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखे पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अहिले पनि विभागले झण्डै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी छ ।