|  

कपनमा ३३ लाख बराबरको धनमाल चोरी

१३ असोज, काठमाडौं ।काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० मा सोमबार दिउँसो चोरी भएको छ ।

कपन बालुवाखानी डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनाहरू चोरी भएको हो ।

करिब ३३ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।