|  

थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ#त्यु, तीन घाइते

१५ असोज, काठमाडौं ।  थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

गएराति करिब ११ः४५ बजे शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२०६२ प ९६३१ नम्बरको स्कुटरसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रौतहट कटहरिया–२ का २६ वर्षीय चन्द्र मान दास तत्माको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा राति १ः१० बजे मृत्यु भएको हो।

मोटरसाइकलमा सवार दीपेन्द्र दास गम्भीर घाइते भएका छन् । अन्य दुई घाइतेको विवरण प्रहरीले खुलाएको छैन।